यसपालिको बजेटमा हावादारी कार्यक्रम समावेश गरिएकाे छ : लालबाबु पण्डित
काठमाडौं, जेठ १८ : एमाले सांसद लालबाबु पण्डितले सरकारले यसपालिको बजेटमा हावादारी कार्यक्रम समावेश गरेको बताएका छन् ।आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी....jpg)
काठमाडौं, जेठ १८ : एमाले सांसद लालबाबु पण्डितले सरकारले यसपालिको बजेटमा हावादारी कार्यक्रम समावेश गरेको बताएका छन् ।
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले चितवन एक घन्टामा चितवन पुग्ने तथा सगरमाथा फेदीमा दुई घन्टामा पुग्ने विषय महत्त्वाकांक्षी भएको बताए।
बजेटमा ठुला उद्योगलाई राहत दिएर साना उद्योगलाई मार्ने नीति लिइएको आरोप लगाउँदै उनले कर्मचारीको तलब बढेको तर मजदुरको ज्याला कहिले बढ्ने भन्दै प्रश्न गरे।
हेलिकोप्टरबाट झुन्डिएर गए मात्र दुई घन्टामा सगरमाथा र एक घन्टामा चितवन पुग्न सकिने भन्दै सरकारको टिप्पणी गरे।
उनले वर्तमान सरकारले स्वास्थ्य र शिक्षा क्षेत्रमा बजेट बढाएर निजी क्षेत्र पोस्न खोजेको आरोप लगाए।
उनले कुनै पूर्वाधार नभएको क्षेत्रमा मेडिकल खोल्न बजेट गएको तर पूर्वाधार भएको स्थानमा सञ्चालित मेडिकल कलेजलाई बेवास्ता गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।











