Kathmandu Press

बलात्कृत महिलाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ : पौडेल 

बलात्कृत महिलाको सम्पूर्ण जिम्मेवारी राज्यले लिनुपर्छ : पौडेल 

 
काठमाडौं, जेठ १८ : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले महिलामाथिको बढ्दो बलात्कार र हिंसालाई गम्भीर रुपमा लिनुपर्ने बताएकी छन्। 

बुधबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी पौडेलले बलात्कार र हिंसामा पीडकलाई छिटो कारवाहीको दायरामा ल्याउन पारिवारिक वा फास्ट ट्र्याकको अदालत गठन गर्न समेत आग्रह गरेकी छन् । त्यसका लागि सरकारले बजेट विनियोजन गर्नुपर्ने बताइन्।  

 पौडेलले एकपटक बलात्कारको शिकार भएकी महिलाको जीवन नै बर्बाद हुने भएकाले बलात्कृत महिलाको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्ने बताइन्। ‘उनीहरुलाई जीवन निर्वाहका लागि क्षतिपूर्ति दिने र थप व्यवस्था गर्ने दायित्व सरकारको हो, त्यसमा बजेटले ध्यान देओस्,’उनले भनिन्। 
 

 
 

प्रकाशित मिति: १४:०७ बजे, बुधबार, जेठ १८, २०७९