बजेटमा परिकल्पनामा आधारित असम्भव कार्यक्रम समेटिएका छन् : एमाले सांसद ढकाल
काठमाडौं, जेठ १८ : एमाले सांसद भानुभक्त ढकालले वर्तमान सरकारले ल्याएको बजेटमा असम्भव कार्यक्रम समेटिएको भन्दै टिप्पणी गरेका छन्। आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी...
काठमाडौं, जेठ १८ : एमाले सांसद भानुभक्त ढकालले वर्तमान सरकारले ल्याएको बजेटमा असम्भव कार्यक्रम समेटिएको भन्दै टिप्पणी गरेका छन्।
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले सरकारले एक घण्टामा चितवन पुग्ने फास्ट ट्र्याक बनाउने भनेर गफ दिएको बताए।
बजेटमा राम्राराम्रा परिकल्पनाका कुरा आएको उनले बताए। ‘काठमाडौंबाट एक घण्टामा चितवन पुग्ने, दुई घण्टामा चताराबाट सगरमाथाको चुचुरामा पुग्ने सडक बनाउने बनाउने,’ उनले भने, ‘लोकतन्त्रमा व्यक्तिहरू स्वतन्त्र छन्, अब यस्तो रामार्गको पनि परिकल्पना गरौं, व्यक्तिगत रूपमा चन्द्रलोक पनि, मंगल ग्रह पनि जाने सक्ने बाटो बनाऔं।’ जनता अल्मल्याउन धेरै कुराकानी गरिरहनुनपर्ने उनको भनाइ थियो।
सरकारले ३०० कृषि स्वयंसेवक राख्ने विषयमा पनि टिप्पणी गरे। ‘ती स्वयंसेवक गाईभैंसी दुहुन जान्छन् कि, बाख्रा चराउन जान्छन् कि, आगामी निर्वाचमा गठबकन्धनका नेताहरूको स्याहारसुसारका लागि जान्छन्, प्रस्ट उल्लेख छैन,’ उनले भने।
उनले स्थानीय निर्वाचनमा गठबन्धनले १५९ महिलालाई पालिका प्रमुख र उपप्रमुख हुन छेकेर अहिले महिला पहिला कार्यक्रम ल्याउनुको औचित्य नभएको बताए। उनले समृद्ध नेपाल सुखी नेपाली भनेर अघिल्लो सरकारले ल्याएको कार्यक्रम स्वीकार्न पनि नसक्ने आफू पनि राम्रो कार्यक्रम ल्याउन नसक्ने भन्दै उनले अहिलेको सरकारको टिप्पणी गरे।
सुकुम्बासीलाई जग्गा कार्यक्रम पनि कांग्रेसले गड.ठबन्धनमा अरू दल पनि भएकाले बाध्य भएर अघि सारेको बताए।
पूर्वस्वास्थ्यमन्त्रीसमेत रहेका ढकालले स्वास्थ्य क्षेत्रको बजेटका विषयमा भने कुनै टिप्पणी गरेनन्।






