‘संघीयताले जातीय र क्षेत्रीय विग्रह बढायो’
काठमाडौं, जेठ १८ : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता खारेज गर्नुपर्ने बताएकी छन्। बुधबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी पौडेलले...
काठमाडौं, जेठ १८ : राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले संघीयता खारेज गर्नुपर्ने बताएकी छन्।
बुधबार संसदमा बजेटमाथिको छलफलमा भाग लिँदै जनमोर्चाकी उपाध्यक्ष समेत रहेकी पौडेलले संघीयताले मुलुकमा जातीय र क्षेत्रीय विग्रह बढाएको कारण संघीयताको प्रादेशिक संरचना र स्थानीय तहलाई खारेज गर्नुपर्ने बताइन्।
मुलुकमा आर्थिक भार बढाएको पनि उनको धारणा छ। ‘संघीयता वा त्यसको प्रादेशिक संरचनामा खर्च हुने ठूलो धनराशी देशको लागि अनावश्यक बोझ हो,’ उनले भनिन्।
‘संघीयताबाट जातीय र क्षेत्रीय विग्रह बढ्नुका साथै देशले अनावश्यक आर्थिक बोझ पनि बढाएको छ,’ उनले अगाडि भनिन्,‘ त्यसले गर्दा एकातिर देशको विकास कुण्ठित हुने अर्कातिर स्थानीय निकायमा जाने बजेट कुण्ठित भएका छन्। त्यसकारण संघीयताको सम्पूर्ण संरचना खारेज गरेर जानुपर्छ भन्दै आइरहेका छौं।’
प्रकाशित मिति: १३:५८ बजे, बुधबार, जेठ १८, २०७९
थप समाचार






