Kathmandu Press

वर्तमान बजेट आगामी निर्वाचनका लागि मात्र लक्षित : लिङ्देन

काठमाडौं, जेठ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेटले महँगी तथा भ्रष्टाचार...
वर्तमान बजेट आगामी निर्वाचनका लागि मात्र लक्षित : लिङ्देन

काठमाडौं, जेठ १८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले आगामी वर्षका लागि प्रस्तुत गरिएको बजेटले महँगी तथा भ्रष्टाचार नियन्त्रण र सुशासनको विषयलाई समेट्न नसकेको बताएका छन्।  

आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले वर्तमान बजेट आगामी निर्वाचन लक्षित मात्र भएको आरोप लगाए। 

‘यो बजेट केवल आगामी निर्वाचन लक्षित छ। स्रोत र कार्यान्वयनको आधार केही छैन। अनुमानका आधारमा बजेट बनाइएको छ,’ उनले भने। देशले भोगिरहेको आर्थिक संकट टार्नेदेखि जनताको जीवनमा सकारात्मक प्रभाव पार्ने खालका केही  कुरा पनि बजेटमा नरहेको उनको भनाइ थियो।

लिङदेनले बजेटमा एक घण्टामा चितवन पुग्ने मार्ग बनाउने भनिए पनि आधार र स्रोत स्पष्ट नपारिएको बतानए। उनले हाल सञ्चालनमा नरहेको हेटौडा उद्योगबाट उत्पादित लुगा लगाउन अनिवार्य गरिए पनि उत्पादन चाहिँ कहिलेबाट हुने भन्ने प्रश्न पनि गरे। सो उद्योग चलाउने विषयमा सरकार मौन रहेको भन्दै टिप्पणी गरे।

युवालाई विदेश पलायन रोक्ने र युवालाई लागुऔषधको सिकारबाट जोगाउने कार्यक्रम पनि बजेटमा नसमेटिएको उनले बताए। उनले वर्तमान बजेट कार्यान्वयन हुनै नसक्ने ठोकुवा गरे।

प्रकाशित मिति: १३:३६ बजे, बुधबार, जेठ १८, २०७९