वन माफियाका कारण निजगढ विमानस्थल बन्नेमा आशंका पैदा भएकाे छ : जसपा सांसद यादव
काठमाडौं, जेठ १८ : जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले वन माफियाका कारण निजगढ विमानस्थल निर्माण हुनेमा आशंका पैदा भएको बताएका छन्। आज...
काठमाडौं, जेठ १८ : जनता समाजवादी पार्टी (जसपा) का सांसद प्रदीप यादवले वन माफियाका कारण निजगढ विमानस्थल निर्माण हुनेमा आशंका पैदा भएको बताएका छन्।
आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले निजगढ विमानस्थल निर्माण क्षेत्रमा वन माफियाले एकातिर रूख मासिन्छ भन्ने बहस चलाएर अर्कातिर वन रित्तो पारिरहेको बताए।
‘निजगढमा बाहिर रूख देखिन्छ तर भित्रभित्र खोक्रो पारिएको छ। वन माफियाले रूख मासिन्छ भन्ने बहस चलाएर वनलाई नै रित्तो बनाइरहेका छन्,’ उनले भने।
त्यहाँको जंगलमा बस्ती बढिरहेको, चापाकल गाडिएको, सोलार हालिएको, रूख बेचेर व्यक्तिगत लाभ लिइएको र वन माफियाले विमानस्थल निर्माण रोक्न भूमिका खेलिरहेको उनको भनाइ थियो। निजगढमा रूख मासिन्छ भनेर अन्तर्राष्ट्रिय विमानस्थल रोक्नु गलत भएको उनले बताए।
बजेटले मधेसलाई महत्त्व नदिएको उनले बताए। बजेट हेर्दा राम्रो पनि भएको नराम्रो पनि भएको उल्लेख गर्दै उनले भने, 'यो बजेटले मधेस प्रदेशलाई ठगेको छ। हुलाकी सडक मधेसको लाइफलाइन भए पनि थोरै बजेट राखिएको छ।’ उनले मधेसका लागि बजेट बढाउन आग्रह गरे।
उनले मधेस प्रदेशलाई दिने अनुदान घटाएएरु संघीयता नै कमजोर पार्न खोजिएको आशंका गरे।
‘मधेस प्रदेशलाइर्ए दिने अनुदान झन् घटाइएको छ। कतै संघीयतामाथि नै खतरा त होइन?’ उनले भने, ‘मालपोतको कर प्रदेशमा जान्छ तर संघले नै त्यसमा हस्तक्षेप गरेको दखिन्छ।’
उनले मुलुकको ३५ देखि ४० प्रतिशत राजश्व वीरगन्जले नै दिने भए पनि सरकारले वीरगंजलाई केही नदिएको बताए। ‘वीरगंजलाई सदियौ देखि ठगिएको छ । किन भने वीरगञ्जले राष्ट्रियस्तरको नेता दिन सकेन,’ उनले भने।











