Kathmandu Press

‘पटकपटक हुने विमान दुर्घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ’

काठमाडौं, जेठ १९ : नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले पटकपटक हुने विमान दुर्घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएकी छन्।आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले...
‘पटकपटक हुने विमान दुर्घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्छ’

काठमाडौं, जेठ १९ : नेकपा एकीकृत समाजवादीकी सांसद निरुदेवी जैरुले पटकपटक हुने विमान दुर्घटनाप्रति गम्भीर हुन सरकारको ध्यानाकर्षण गराएकी छन्।

आज (बुधबार) प्रतिनिधिसभाको बैठकमा सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै उनले पटकपटक हुने विमान दुर्घटनालाई सरकारले गम्भीर रूपमा लिनुपर्ने र त्यसको कारण पत्ता लगाएर समाधान गर्नतर्फ लाग्नुपर्नेमा जोड दिएकी हुन्। 

तारा एयरको विमान दुर्घटना अध्ययनका लागि गठित पाँच सदस्यीय टोली तथ्यांक संकलनमा मात्र सीमित नहोस् भनी उनले सचेत पनि गराइन्। 

‘पटकपटक हुने विमान दुर्घटनामा सरकारको ध्यान जाओस्,’ उनले भनिन्, ‘तारा एयरको विमान दुर्घटना अध्ययनका लागि सम्बन्धित मन्त्रालयले पाँच सदस्यीय अध्ययन टोली बनाएको छ। त्यो टोली तथ्यांक संकलनमा मात्र सीमित नहोस्।’ आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार सचेत हुनुपर्नेमा उनले जोड दिइन्। 

लोकप्रिय बजेट ल्याउने मात्र नभएर त्यसको प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने उनको भनाइ थियो। पेट्रोलियम पदार्थको मूल्यवृद्धि नियन्त्रण गरेर जनतालाई राहत दिनुपर्नेम उनले जोड दिइन्। 

शिक्षा र स्वास्थ्यमा भएको सिन्डिकेट हटाउन ‘मार्केट इन्टेलिजेन्ट ब्युरो’ बनाउनुपर्ने सुझाव दिइन्। दलित, अल्पसंख्या, अपांगता भएकाहरूबारे बजेटले बोलेको तर स्थानीय तहहरूमा प्याकेजमा कार्यक्रमलाने व्यवस्था गर्नुपर्ने उनले बताइन्। 

स्थानीय तहहरूले सडक बनाउने नाममा प्राकृतिक सम्पदाको दोहन गर्ने अवस्था अन्त्य गर्नुपर्ने पनि उनले बताइन्।    

प्रकाशित मिति: १२:४१ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्