Kathmandu Press

भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि आपतकालीन अवतरण

काठमाडौं, जेठ १८ : काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानको टायरमा समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको छ।बुद्धको ९५३ उडान नम्बरको विमान...
भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानमा समस्या देखिएपछि आपतकालीन अवतरण

काठमाडौं, जेठ १८ : काठमाडौंबाट झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको विमानको टायरमा समस्या देखिएपछि आपतकालीन अवतरण गराइएको छ।

बुद्धको ९५३ उडान नम्बरको विमान आज (बुधबार) बिहान १० बजेर ४३ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उड्ने क्रममा टायरबाट रबरका टुक्रा झरेपछि पुनः त्रिभुवन विमानस्थलमै अवतरण गराइएको विमानस्थल नागरिक उड्डयन कार्यालयले जनाएको छ।

जहाज सुरक्षित रूपमा अवतरण गराइएको र प्राविधिक जाँचपछि मात्र वास्तविकता पत्ता लाग्ने जनाइएको छ।

केही दिनअघि मात्रै तारा एयरको जहान मुस्ताङमा दुर्घटना भएको हुँदा सामान्य घटनाले पनि यात्रुहरु आतंकित हुने गरेका छन्।

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्