Kathmandu Press

वृद्धाभत्ता एमालेको ब्राण्ड हो, जसले गरेपनि ताली एमालेले नै पाउँछ : पाण्डे

 ‘वृद्धभत्तामा जतिसुकै गरेपनि एमालेको ब्राण्डजस्तो हो, जे गर्नुस् एमालेकै दाबी हुन्छ, जनताले एमालेलाई ताली ठोक्छन्।’
वृद्धाभत्ता एमालेको ब्राण्ड हो, जसले गरेपनि ताली एमालेले नै पाउँछ : पाण्डे

काठमाडौं, जेठ १८ : नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले वृद्धाभत्ता एमालेको ब्राण्ड रहेको बताएका छन्। 

बुधबार प्रतिनिधि सभामा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै पूर्वअर्थमन्त्री पाण्डेले वृद्धाभत्ताको सम्बन्धमा जुन सरकारले जति गरेपनि त्यसको श्रेय एमालेलाई नै जाने बताए।  ‘वृद्धभत्तामा जतिसुकै गरेपनि एमालेको ब्राण्डजस्तो हो,’ उनले भने, ‘ जे गर्नुस् एमालेकै दाबी हुन्छ, जनताले एमालेलाई ताली ठोक्छन्।’

उनले जनयुद्ध र मेलमिला आयोगमा एमालेको दाबी नपुग्ने बताए । ‘जनयुद्धमा माओवादी र मेलमिलापमा कांग्रेसको दाबी पुग्छ, एमालेको दाबी पुग्ने भनेको वृद्धाभत्ता नै हो,’ उनले भने। 

पाण्डेले वृद्धाभत्ता ५ हजार नपुर्याइएकोमा पनि गुनासो व्यक्त गरे  । यद्यपि वृद्धाभत्ताको उमेर ६८ पुर्याएप्रति भने उनले सकारात्मक टिप्पणी गरेका छन्।  

प्रकाशित मिति: ११:५२ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्