Kathmandu Press

‘बजेटले चुनावलाई केन्द्रमा राख्यो, आर्थिक संकटलाई सम्बोधन गरेन’

प्रतिनिधि सभा बैठकमा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै पाण्डेले अहिलेको बजेटले मुलुकको आर्थिक संकट समाधान गर्ने लक्ष्य नलिएको बताएका हुन् । आफूले जति खोजेपनि आर्थिक संकटतर्फ बजेट प्रवेश नै नगरेको उनले बताए। 
‘बजेटले चुनावलाई केन्द्रमा राख्यो, आर्थिक संकटलाई सम्बोधन गरेन’

काठमाडौं, जेठ १८ : नेकपा एमालेका सांसद तथा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याएको बजेट चुनावकेन्द्रीत मात्रै रहेको बताएका छन् । 

प्रतिनिधि सभा बैठकमा बजेटमाथि सामान्य छलफलमा भाग लिँदै पाण्डेले अहिलेको बजेटले मुलुकको आर्थिक संकट समाधान गर्ने लक्ष्य नलिएको बताएका हुन् । आफूले जति खोजेपनि आर्थिक संकटतर्फ बजेट प्रवेश नै नगरेको उनले बताए। 

सरकारले ल्याएको बजेटले गएको स्थानीय तह निर्वाचन र आउँदो संघीय निर्वाचन मात्रै देखेको उनले बताए। ‘संकट एकातिर छ बजेट अर्का तिर छ। जति खोजेपनि संकटतर्फ यो बजेट प्रवेश गरेन । यसले यता पनि चुनाव र उतापनि चुनाव मात्रै देख्यो । अस्तिको चुनाव र आउने चुनाव मात्रै देख्यो । चुनावकै चुनुमनि बजेटमा देख्ने गर्छु,’उनले भने। 

उनले सरकारी कर्मचारीको तलब पनि न्यायोचित ढंगले वृद्धि नभएको उनले बताए । १५ प्रतिशत बढाउँदा माथिल्लो तहको कर्मचारी र तल्लो तहको कर्मचारीको तलब वृद्धि न्यायोचित नहुने उनको भनाई छ। 

उनले अघिल्लो बजेटका विषयमा सरकार पक्षले गरेको दाबीको समेत खण्डन गरेका छन् । ‘अघिल्लो बजेटमा के ल्याइयो र अहिले के छ भनेर हेर्नु भनेर भन्नुभएको छ, त्यतिबेल वैदेशिक मुद्राको अभावको अवस्था थियो ? आर्थिक संकट बोकेका थियौं ? रुस–युक्रेन युद्धको अवस्था थियो ? विश्वव्यापी आर्थिक मन्दीको अवस्था थियो ? केही पनि थिएन,’ उनले भने।  
 
प्रकाशित मिति: ११:४१ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्