दुर्घटनामा चितवनमा एक जनाको मृत्यु
चितवन, जेठ १८ : चितवनमा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा बुधबार बिहान भएको दुर्घटनामा एक पुरुषको...
चितवन, जेठ १८ : चितवनमा सवारीको ठक्करबाट एक जनाको मृत्यु भएको छ। पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानीमा बुधबार बिहान भएको दुर्घटनामा एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ।
मृतकको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकरीले जानकारी दिए। ठक्कर दिने सवारीसाधनको नम्बर र किसिम खुल्न नसकेको उनले बताए।
ती पुरुष सडकमा मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक सुनजित तामाङ र जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नवराज अधिकारी अनुसन्धानका लागि घटनास्थलमा पुगेका छन्।
प्रकाशित मिति: ०९:३३ बजे, बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











