श्रीलंकासँग रोकियो नेपाली टिम
काठमाडाैं, जेठ १८ : नेपालले श्रीलंकाविरुद्धको मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ। कतारमा मंगलबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नेपाली फुटबल टिम...
काठमाडाैं, जेठ १८ : नेपालले श्रीलंकाविरुद्धको मैत्रीपूर्ण खेलमा बराबरी खेलेको छ। कतारमा मंगलबार राति भएको खेलमा सुरुआती अग्रता जोगाउन नसक्दा नेपाली फुटबल टिम श्रीलंकासँग १–१ गोलको बराबरीमा रोकिएको हो।
नेपाली टिम एएफसी एसियन कप छनोट तयारीका लागि अहिले कतारमा प्रशिक्षण गरिरहेको छ।
श्रीलंकाविरुद्ध नेपाललाई कप्तान नवयुग श्रेष्ठले सुरुवाती अग्रता दिलाएका थिए । तर, श्रीलंकाका लागि मारियाथास निथर्शनले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए।
कतारमा नेपालको यो दोस्रो बराबरी हो । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले इस्ट टिमोरसँग २–२ गोलको बराबरी खेलेको थियो । नेपालले खेलमा २० जेठमा ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ।
एएफसी एसियन कप छनोटको समूह ए मा रहेको नेपालले जुन ८ देखि १४ सम्म आयोजक कुवेत, इन्डोनेसिया र जोर्डनसँग छनोट खेल खेल्ने छ ।
प्रकाशित मिति: ०७:५४ बजे, बुधबार, जेठ १८, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











