Kathmandu Press

भारतीय चर्चित गायक केकेको निधन

काठमाडाैं, जेठ १८ :  भारतीय चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को निधन भएको छ । मंगलबार कोलकातामा लाइभ कन्सर्ट गरेका ५३ वर्षीय केकेको हृदयघातका...
भारतीय चर्चित गायक केकेको निधन

काठमाडाैं, जेठ १८ :  भारतीय चर्चित गायक केके (कृष्णकुमार कुन्नथ)को निधन भएको छ । मंगलबार कोलकातामा लाइभ कन्सर्ट गरेका ५३ वर्षीय केकेको हृदयघातका कारण निधन भएको हो।

भारतीय सञ्चारमाध्मका अनुसार मंगलबार कन्सर्टपछि होलट पुगेपछि उनको स्वस्थ्य अवस्था बिग्रिएको थियो। त्यसपछि उनलाई कोलकाता मेलिकल रिसर्च इन्स्टिच्युट लगिएको थियो । तर, अस्पताल पु¥याउनुअघि नै उनको निधन भइसकेको थियो।

केकेको निधनपछि बलिउडमा अहिले शोकमा छ । पछिल्लो तीन दशकमा बलिउडको पाश्र्व गायनमा केकेले एकछत्र राज गरेका थिए।

केकेको निधनप्रति भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख व्यक्त गरेका छन्। उनले केकेका गीत हरेक उमेरका मानिसका लागि प्रिय भएको उल्लेख गरेका छन्। उनी गीतमार्फत सधैं जीवित रहने मोदीले उल्लेख गरेका छन्।

यस्तै, अभिनेता अक्षय कुमार, अभिनेत्री, सोनल चौहान, मुनु दत्ता, गायक अरमान मलिकलगायतले केकेको निधनप्रति दुःख व्यक्त गरेका छन्।

२३ अगस्त १९६८मा दिल्लमा जन्मिएका केकेले माचिस फिल्मको छोड आए हमगीत मार्फत बलिउडमा डेब्यू गरेका थिए। उनले पल एल्बममार्फत आफ्नो सांगीतिक करिअर सुरुआत गरेका थिए।

केकेले हिन्दी, तलिमलगायत ८ भाषामा १ सयभन्दा बढी गीत गाएका छन्। फिल्ममा डेब्यू गर्नुअघि उनले ३५ हजार बढी जिंगल गाएका थिए।

प्रकाशित मिति: ०७:२९ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्