Kathmandu Press

टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने

काठमाडौं, जेठ १८ : काठमाडौंको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ।टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने...
टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा दिने

काठमाडौं, जेठ १८ : काठमाडौंको टोखा नगरपालिकाले अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने भएको छ।

टोखाको मङ्गलबार बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाभित्र बसोबास गर्ने अभिभावकविहीन बालबालिकालाई निःशुल्क शिक्षा प्रदान गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब नगरभित्रका अभिभावकविहीन विद्यार्थीले माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पढ्न पाउने भएका हुन् ।

बैठकले पाँच वर्षभित्र टोखालाई प्लाष्टिकमुक्त नगरपालिका बनाउने निर्णयसमेत गरेको प्रमुख प्रकाश अधिकारीले जानकारी दिए।

बैठकले विभिन्न विषयगत समिति (आर्थिक समिति, सामाजिक समिति, विपद् तथा वातावरण समिति, पूर्वाधार विकास समिति र संस्थागत विकास समिति) गठन गरेको छ ।

 

प्रकाशित मिति: ०७:०९ बजे, बुधबार, जेठ १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्