Kathmandu Press

संघीय संसदका दुबै सदनको बैठक बुधबार पनि बस्ने, बजेटमाथि छलफल हुने

काठमाडौं, जेठ १६  : संघीय संसद अन्तर्गत दुवै सदनको बैठक भोली (बुधबार) पनि बस्दैछ ।प्रतिनिधि सभाको अर्को बैठक भोलि ११ बजे पुनः बस्नेछ...
संघीय संसदका दुबै सदनको बैठक बुधबार पनि बस्ने, बजेटमाथि छलफल हुने

काठमाडौं, जेठ १६  : संघीय संसद अन्तर्गत दुवै सदनको बैठक भोली (बुधबार) पनि बस्दैछ ।

प्रतिनिधि सभाको अर्को बैठक भोलि ११ बजे पुनः बस्नेछ । संघीय संसद्मा सोमबारदेखि सरकारले जेठ १५ गते प्रस्तुत गरेको बजेट उपर छलफल जारी छ । 

यस्तै राष्ट्रिय सभाको अर्को बैठक बुधबार दिउँसो १ बजे बैठक बस्ने छ । मंगलबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथीको सैद्धान्तिक छलफल र राजश्व र व्ययको वार्षिक अनुमानमाथी छलफल भएको छ।

बुधबार बस्ने दुवै सदनको बैठकमा पनि बजेटमाथि नै छलफल हुने छ। 

प्रकाशित मिति: २०:०२ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्