१३ जिल्लामा युवा समिति अध्यक्ष नियुक्त
काठमाडौं, जेठ १७ : राष्ट्रिय युवा परिषद्ले १३ जिल्लामा युवा समितिको अध्यक्ष नियुक्त गरेको छ।युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष...
काठमाडौं, जेठ १७ : राष्ट्रिय युवा परिषद्ले १३ जिल्लामा युवा समितिको अध्यक्ष नियुक्त गरेको छ।
युवा तथा खेलकुद मन्त्री तथा राष्ट्रिय युवा परिषदका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा बसेको परिषदको बैठकले १३ जिल्लामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्त गरेको हो ।
नियुक्त हुनेमा हिक्मतबहादुर शाही (दैलेख), सुजन राई (सोलुखुम्बु), पासाङ निमु शेर्पा (संखुवासभा), चेतप्रसाद बोलखे (रौतहट), टीका भुर्तेल (नवलपुर), सुजन लिम्बु (ताप्लेजुङ), समिक शेरचन (मुस्ताङ), युवराज दाहाल (झापा), आविष्कार क्षेत्री, (स्याङ्जा), भक्तबहादुर थापा (बर्दिया), नवराज कार्की (मुगु), सञ्जयकुमार दास (सप्तरी) र चक्रबहादुर रावल (जुम्ला) रहेका छन्।
राष्ट्रिय युवा परिषद ऐन २०७२ को दफा ११ बमोजिम गठन भएका जिल्ला युवा समिति अन्तर्गत विभिन्न कारणले खाली भएका जिल्लामा परिषद् ऐनको दफा ११ को उपदफा २ (क) बमोजिम अध्यक्ष नियुक्त गरिएको हो।











