क्षमायाचना गरेपछि नायिका मिरुना र फुर्बाबीच सहमति
काठमाडौं, जेठ १७ : कबड्डी द फाइनल म्याचकी नायिका मिरुना मगर र आरोपी फुर्बा तामाङबीच समझदारी भएको छ ।उनीहरु दुवैले आ–आफ्नो गल्ती स्वीकार...
काठमाडौं, जेठ १७ : कबड्डी द फाइनल म्याचकी नायिका मिरुना मगर र आरोपी फुर्बा तामाङबीच समझदारी भएको छ ।
उनीहरु दुवैले आ–आफ्नो गल्ती स्वीकार गर्दै ‘कबड्डी ४’ को टिमको रोहबरमा सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिपत्रमा फुर्बाले आफ्नो गल्ति स्वीकार गरी नायिकासँग माफी मागेको र नायिकाले भाइ सम्झेर माफी दिएको सहमतिपत्रमा उल्लेख छ ।
मिरुनाले आफूबाट आकस्मिक प्रतिक्रिया जनाउने क्रममा भएको घटनाले सिंगो बौद्ध धर्माबलम्बी, भिक्ष, लामा समुदाय तथा सम्प्रदायप्रति पर्न गएको असरप्रति क्षमायाचना गरेकी छन् ।
यस्तै आगामी दिनमा यस विषयमा विवाद नगर्ने सहमति भएको छ ।

प्रकाशित मिति: १९:१४ बजे, मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











