चौदण्डीगढी नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले लिए शपथ
काठमाडौं, जेठ १७ : उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न भएको छ । बैशाख...
काठमाडौं, जेठ १७ : उदयपुरको चौदण्डीगढी नगरपालिकामा गत बैशाख ३० गते स्थानीय तहको निर्वाचन सम्पन्न भएसँगै नगर कार्यपालिकाको निर्वाचन समेत सम्पन्न भएको छ ।
बैशाख ३० गते सम्पन्न स्थानिय तह निर्वाचन अन्तर्गत चौदण्डीगढी नगरपालिकामा ५२ सिट मध्य ४१ सिट जितेको एमालेले निर्बिरोध कार्यपलिका सदस्य गठन गरेको छ । नगरको कार्यपालिका सदस्य निर्वाचनको लागी जेष्ठ १५ गते मनोनयन दर्ता र १७ गते चुनावको मिती तोकिएकोमा निर्धारीत समयमा एमालेका उमेदवारको मात्र मनोनियन दर्ता भए पस्चात उनिहरु निर्बिरोध निर्वाचित भएका हुन।
मंगलबार चौदण्डीगढी नगरपालिकामा एक कार्यक्रमको आयोजना गरेर निर्बिरोध निर्वाचित भएका कार्यपालिका सदस्यको नाम निर्वाचन अधिकृत महेश दाहालले सार्वजनिक गरे।
चौदण्डीगढी नगरपालिकाको नगर कार्यपालिका सदस्यमा निर्बिरोध निर्वाचित हुनेहरुमा दलित वा अल्पसङ्ख्यक सदस्य पदमा उदय राज भुजेल, माधव सार्की र जय कुमार राई तेस्तै महिला सदस्य पदमा स्मृती तोलाङ्गी सुयल, तिलावती राई, शुस्मा राई, जानकी देवी चौधरी र शान्ती देवी चौधरी रहेका छन्।
कार्यपालिकाको सदस्य निर्वाचनको मनोनयन दर्ताको समयमा उनिहरुको मात्र उमेदवारी दर्ता भए पस्चात स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा २५ बमोजिम निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो । निर्वाचित भएका सम्पूर्ण नगर कार्यपालिका सदस्यहरुलाई निर्वाचन आयोगले प्रमाण पत्र समेत आजै हस्तान्त्रण गरेको थियो भने नगर प्रमुख कालुमान लामाले उनिहरुलाई पद तथा गोपनियताको सपथ गराए।











