Kathmandu Press

नेपाली महिला क्रिकेट टोलीको बिदाई 

नेपाली महिला क्रिकेट टोलीको बिदाई 

काठमाडौं, जेठ १७ : आईसीसी यू–१९ महिला विश्वकप अन्तर्गत एसिया छनोटका लागि मलेसिया जाने नेपाली टोलीको बिदाइ गरिएको छ । 

मंगलबार काठमाडौंमा नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार नेपाली टोलीलाई बिदाइ गरेको हो । क्यानका अध्यक्ष चतुरबहादुर चन्द लगायतले नेपाली टोलीलाई बिदाइ गरे । नेपाली टोली भोलि बुधबार त्यसतर्फ प्रस्थान गर्ने छन् । नेपालले छनोटका लागि कृतिका मरासिनीको कप्तानीमा १४ सदस्सीय टोलीको घोषणा गरिसकेको छ। 

विदाई कार्यक्रममा क्यानका अध्यक्ष चन्दले देशको नाम राख्नका लागि खेलाडीहरुको भूमिकाको प्रसंसा गरे। उनले नेपाली टोलीको उत्कृष्ट नतिजा आउने विश्वास व्यक्त गरे। 

मलेसियामा आयोजना हुने छनोटमा नेपालले पहिलो खेल जुन ३ मा कतारसँग खेल्नेछ । छनोटमा नेपालसहित, मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन् । शीर्ष स्थानमा रहने टोलीले दक्षिण अफ्रिकामा हुने टी–ट्वान्टी विश्वकप खेल्नेछ ।

प्रकाशित मिति: १७:५७ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्