Kathmandu Press

नेपाल, स्कटल्यान्ड र नामिबियाबीचकाे सिरिज असार २७ देखि

काठमाडाैं, जेठ १७ : एकदिवसीय विश्वकपको छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको पाँचौं सिरिज नेपालले स्कटल्यान्डमा खेल्दैछ। सिरिजमा नेपाल र स्कटल्यान्डसँगै नामिबिया पनि...
नेपाल, स्कटल्यान्ड र नामिबियाबीचकाे सिरिज असार २७ देखि

काठमाडाैं, जेठ १७ : एकदिवसीय विश्वकपको छनोटका रुपमा रहेको विश्वकप लिग–२ अन्तर्गतको पाँचौं सिरिज नेपालले स्कटल्यान्डमा खेल्दैछ। सिरिजमा नेपाल र स्कटल्यान्डसँगै नामिबिया पनि छ।

सिरिज स्टकल्यानडमा असार २७ बाट सुरु हुने छ। सिरिजमा नेपालले पहिलो खेल असार २७ मा नामिबियासँग खेल्ने छ।

यस्तै नेपालले दोस्रो खेल असार २९ स्कटल्यान्डसँग खेल्ने छ भने असार ३२ मा नामिबिया र साउन १मा स्कटल्यान्डसँग खेल्ने तालिका छ।

स्कटल्यान्डमा हुने सिरिजअघि नेपालले अमेरिकामा लिग २ को चौथो सिरिज खेल्ने छ। यो सिरिज जेठ २५ गतेदेखि सुरू भएर असार ५ सम्म चल्ने छ। नेपाली टिम सिरिजका लागि अहिले अमेरिकामै छ। यो सिरिजमा नेपाल र अमेरिकासँगै ओमान पनि छ।

लिग २ को तालिकामा ३२ खेलबाट ४० अंक जोड्दै ओमान शीर्ष स्थानमा छ भने स्कटल्यान्ड १८ खेलबाट २६ अंकसहित दोस्रो स्थानमा छ। तेस्रो स्थानमा रहेको युएइले १८ खेलबाट २६ अंक जोडेको छ।

अमेरिका १८ खेलबाट १६ अंक जोडेर चौथो र नामिबिया १४ खेलबाट १४ अंक जोड्दै पाँचौ स्थानमा छन्। १२ खेलमा १२ अंक नै जोडेको नेपाल छैटौं स्थानमा छ।

 

 

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्