राष्ट्रपति भण्डारी सुर्खेतमा
सुर्खेत, जेठ १७ : राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छिन्। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने क्रममा राष्ट्रपति भण्डारी आज सुर्खेत...
सुर्खेत, जेठ १७ : राष्ट्रपति विद्यादेवी भण्डारी अनौपचारिक भ्रमणको सिलसिलामा सुर्खेत आइपुगेकी छिन्। सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल बडीमालिका जाने क्रममा राष्ट्रपति भण्डारी आज सुर्खेत आउएकी हुन्।
सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद पाण्डेले राष्ट्रपति भण्डारी आज १ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत आइपुगेको बताए।
राष्ट्रपति भण्डारी मंगलबार सुर्खेतमै बस्ने कार्यक्रम छ । उनी नेपाली सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टर निमारेमा बास बस्ने र बुधबार बिहान बाजुरातर्फ प्रस्थान गर्ने बताइएको छ।
राष्ट्रपति भण्डारीले आज अपरान्ह सुर्खेतको पर्यटकीयस्थल काँक्रेविहार अवलोकन गर्ने बताइएको छ।
प्रकाशित मिति: १६:५४ बजे, मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











