Kathmandu Press

गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन 

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाई काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ ।
गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन 

काठमाडौं, जेठ १७ : प्रतिनिधिसभा अन्तर्गतको बिकास तथा प्रविधि समितिले गुरुयोजना बनाएर मात्रै रेल पूर्वाधार आयोजना अघि बढाउन सरकारलाई निर्देशन दिएको छ।  

सिंहदरबारमा मंगलबार बसेको समिति बैठकले रेल पूर्वाधार आयोजनाको सुरुवात भइसकेको अवस्थामा हालसम्म गुरुयोजना नबनाई काम अघि बढाइएकोमा ध्यानाकर्षण भएको समेत जनाएको छ।

राष्ट्रिय महत्वका क्षेत्रमा अल्पकालीन, मध्यकालीन र दिर्घकालिन योजनाको खाका बनाई प्राथमिकताका आधारमा गुणस्तरिय रुपमा आयोजना अघि बढाउन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र रेल बिभागलाई निर्देशन दिइएको समिति सभापति कल्याणी खड्काले जानकारी दिए। उनले जयनगर जनकपुर कुर्था बर्दिबास हुदै निगजढसम्मको निर्माणाधिन रेल पूर्वाधारको प्रारम्भीक ट्रयाकमा गुणस्तरको कमी देखिएको भन्दै उपयुक्त समयमा स्थलगत अनुगमन गरिने बताए। 

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवले गुरुयोजना नवनाई आयोजना सुरु गर्दा समस्या देखिएको बताए। बर्दिबास हुदै निगजढसम्मको निर्माणाधिन रेल सरकारको प्राथमिकतामा रहेको र काठमाडौं रक्सौल रेलमार्गमा पनि थप अध्ययन भइरहेको उनले जानकारी दिए। उनले काकडभित्तामा रेगमार्ग निर्माणमा भने केहि समस्या देखिन सक्ने बताए। 

त्यस्तै रेल बिभागका महानिर्देशक दिपक कुमार भट्टराईले बर्दिबास हुदै निगजढसम्मको ७० किलोमिटर ट्रयाक निर्माण कार्य भइरहेको हालसम्म ३२ प्रतिशत भौतिक प्रगति भएको जानकारी दिए। यसमा २५ अर्व ९० करोड खर्च भइसकेको उनको भनाई छ। 

बैठकमा समिति सदस्यहरुले रेल मार्ग निर्माणमा कार्यमा उल्लेखीय प्रगति हुन नसकेको बताएका थिए।  रेल तथा मेट्रो रेल विकास आयोजनाको वर्तमान अवस्थाको सम्बन्धमा समितिले छलफल गरेको हो। 

प्रकाशित मिति: १६:१२ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्