‘बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक छ’
काठमाडौं, जेठ १७ : नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले बजेट सबै हिसाबले उपयुक्त भएको बताएका छन्। मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलमा बोल्दै नेता...
काठमाडौं, जेठ १७ : नेकपा माओवादी केन्द्रका सांसद नारायणकाजी श्रेष्ठले बजेट सबै हिसाबले उपयुक्त भएको बताएका छन्। मंगलबार राष्ट्रियसभामा बजेटमाथिको छलफलमा बोल्दै नेता श्रेष्ठले बजेटको सफल कार्यान्वयनमा सबैको सहयोग आवश्यक रहेको बताए।
नेता श्रेष्ठले सीमाको बीचबाट बजेट विनियोजना भएको र यो कुनै पार्टीको जस्तो नभई गठबन्धन दलको समन्वय र सहकार्यमा बनेको बजेट भएकाले सकारात्मक र स्वागतयोग्य रहेको बताए।
बजेट उपयोगी र सान्दर्भिक रहेको उल्लेख सांसद श्रेष्ठले कृषिलाई रुपान्तरण गरी उत्पादन वृद्धि, आत्मनिर्भर अर्थतन्त्रको विकास र रोजगारी बढाउने, आयात नियन्त्रणमा प्रतिस्थापन तथा व्यापार घाटामा कटौती बजेटको मुख्य प्राथमिकता भएको बताए।
भ्रष्टाचारको प्रभावकारी नियन्त्रण, मितव्ययिता र सुशासनको विषयलाई बजेटले सम्बोधन गर्न नसकेको नेता श्रेष्ठको टिप्पणी थियो।
प्रकाशित मिति: १४:०८ बजे, मंगलबार, जेठ १७, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











