Kathmandu Press

राष्ट्रियसभामा खिमलाल देवकोटाले भने– निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ

काठमाडाैं, जेठ १७ : सांसद खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्।राष्ट्रियसभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै...
राष्ट्रियसभामा खिमलाल देवकोटाले भने– निजगढ विमानस्थल बनाउने प्रक्रिया अघि बढाइनुपर्छ

काठमाडाैं, जेठ १७ : सांसद खिमलाल देवकोटले बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अघि बढाउन माग गरेका छन्।

राष्ट्रियसभाको बैठकमा बजेटमाथिको छलफलमा बोल्दै देवकोटाले निजगढ विमानस्थल नबनाउने र बनाउन नदिने चलखेलले चिन्ता बढेको बताए। उनले निजगढ विमानस्थल बजेटमा समावेश भएकाले कार्यान्वयन हुनुपर्नेमा जोड पनि दिए।

सर्वोच्च अदालतको हालैको फैसलाले निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि नबढाउन आदेश दिएको थियो । तथापि, सरकारको नीति तथा कार्यक्रम र बजेटमा निजगढ विमानस्थल निर्माण प्रक्रिया अघि बढाउने समावेश गरिएको छ ।

विमानस्थल निर्माणका लागि हालसम्म नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले तीन अर्ब रुपैयाँ खर्च गरिसकेको छ । विमानस्थल क्षेत्रमा पर्ने आठ हजार ५० हेक्टर जग्गा विमानस्थलका नाममा आइसकेको प्राधिकरणले जनाएको छ ।

प्रकाशित मिति: १३:५९ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्