Kathmandu Press

पूर्वमन्त्री पुनले भने– बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ

काठमाडौं, जेठ १७ : माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन्।मंगलबार...
पूर्वमन्त्री पुनले भने– बजेटले अर्थतन्त्रको संरचनालाई रुपान्तरण गर्नेछ

काठमाडौं, जेठ १७ : माओवादी केन्द्रका नेता तथा पूर्वअर्थमन्त्री वर्षामान पुनले अर्थतन्त्रको परम्परागत संरचनालाई पुनः संरचना गर्ने दिशालाई बजेटले आत्मसात गरेको बताएका छन्।

मंगलबार संसदमा बजेटमाथि सैद्धान्तिक छलफलमा बोल्दै पूर्वअर्थमन्त्री पुनले यो बजेट सरकारको नीति तथा कार्यक्रम एवं उत्पादनमा आधारित भई रोजगारी सिर्जना र गरिबी नियन्त्रणजस्ता बजेटका उद्देश्य देखिएकाले बजेट समयमै कार्यान्वयन भएर सफल हुने विश्वास व्यक्त गरे।

उनले कृषिमा पेन्सनको सुविधा, लघुवित्त कर्जा, बाँझो जमिनलाई उपयोग गर्ने विषय, किसानका उत्पादनलाई बजारको सुनिश्चिता, पशु बीमाको प्रिमियम वृद्धि, स्वदेशी उत्पादनलाई प्रश्रय, ज्ञानमा आधारिक व्यावसायिक सूचना केन्द्रजस्ता कार्यक्रम महत्वपूर्ण भएको उल्लेख गरे।

विद्युतीय गाडीको प्रयोग बढाउनुपर्ने भएकाले ती गाडीका लागि बढी कर नलगाउन आग्रह गर्दै आगामी निर्वाचनसम्म यही गठबन्धन कायम रहने भएकाले बजेटको कार्यान्वयनमा कुनै समस्या नआउने धारणा पुनको थियो ।

प्रकाशित मिति: १३:२२ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्