Kathmandu Press

आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा

काठमाडौं, जेठ १७ : सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी)ं बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासमा पेसी तोकिएको...
आइजिपी बढुवाविरुद्धको मुद्दा न्यायाधीश श्रेष्ठ र चुडालको इजलासमा

काठमाडौं, जेठ १७ : सर्वोच्च अदालतमा नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी)ं बढुवाविरुद्धको मुद्दामा सुनुवाइका लागि न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र डा कुमार चुडालको इजलासमा पेसी तोकिएको छ ।

आजदेखि सुुनुवाइ हुन लागेको उक्त मुद्धामा प्रहरी नायब महानिरीक्षकबाट अतिरिक्त महानिरीक्षक बढुवाविरुद्ध परेको रिट निवेदनलाई साथै राखेर सुनुवाइका लागि पेसी तोकिएको छ।

यसअघि, न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले गत वैशाख २२ गते  मुद्दाको अन्तिम सुनुवाइ आजदेखि हुने आदेश दिएको थियोे । उक्त इजलासले सरकारका तर्फबाट अन्तिम सुनुवाइका लागि लिखित जवाफ माग गर्दै अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।

आदेशमा तोकिएको दिनमा नै अन्तिम सुनुवाइ गरिने र सो मिति सार्न नपाइने उल्लेख थियो । सोही आदेशानुसार  सुनुवाइ तय भएको हो ।

सरकारले आइजिपीमा धीरजप्रताप सिंहलाई बढुवा गरेपछि एआइजी विश्वराज पोखरेलले बढुवाका लागि आफू योग्य भएको तर सरकारले वरिष्ठता क्रममा तेस्रो व्यक्तिलाई बढुवा गरेको उल्लेख गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। 

प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पोखरेलले दायर गरेको रिट निवेदनसँगै सिंहसहित तीन जनालाई एआइजी बढुवा गर्ने निर्णयविरुद्ध तीनजना डिआइजीले दायर गरेको रिटलाई साथै राखिएको छ। 

प्रकाशित मिति: १२:२७ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्