Kathmandu Press

केएल टावरमा नायिका मिरुना मगरविरुद्ध प्रदर्शन

काठमाडाैँ, जेठ १७ : चाबहिल चुच्चेपाटीस्थित  केल एल टावर  परिसर  तनावग्रस्त बनेको छ ।  परिसर अघि हलमा लागिरहेको चलचित्र  कब्बडी ः द फाइनल म्याच...
केएल टावरमा नायिका मिरुना मगरविरुद्ध प्रदर्शन
तस्बिर : सामाजिक सञ्जाल

काठमाडाैँ, जेठ १७ : चाबहिल चुच्चेपाटीस्थित  केलएल टावर  परिसर  तनावग्रस्त बनेको छ । परिसर अघि हलमा लागिरहेको चलचित्र  कबड्डी : द फाइनल म्याचकी नायिका मिरूना मगरविरुद्ध गरिएकाे प्रदर्शनीले केएल टावर परिसर तनावग्रस्त बनेकाे हो ।

गत आइतबार सिभिल मलमा लामा समुदायका एक व्यक्तिले आफूलाई असहज तरिकारले  पिठ्युमा छोएको भन्दै नायिका मगरले प्रहरी कार्यलय न्युरोडमा उजुरी गरेकी थिइन् । क्रियाको प्रतिक्रियामा मगरले उनलाई झापडसमेत हानेकी थिइन् । 

सोही विषयमा एक समूह आक्रोशित हुँदै मंगलबार केएल टावर पुगेकाे थिए । नायिक मगरले उक्त व्यक्तिसँग माफी माग्नु पर्ने माग उनीहरूको छ । 

माहोलअझै पनि तनावग्रस्त नै छ, केल टावरका एक कर्मचारीले हामीलाई फोनमा भनिन्, ‘प्रदर्शनकारीले नाराबाजी गर्दै फिल्मकाे पोस्टर जलाएका छन् ।  बिहानी शोमा समेत हलभित्र छिरेर उक्त समूहले चलचित्रकाे प्रदर्शन रोक्न तथा नहेर्न अनुरोध गरेका थिए ।’

आरोपित लामा हाल प्रहरीकाे नियन्त्रणमा छन्। याे घटनालाई लिएर सामाजिक सञ्जालमा पनि विभिन्न मत देखिन थालेको छ।

फिल्मविरुद्ध नै प्रदर्शन चर्किने संकेत पाएपछि मंगलबार बिहान ‘कबड्डी ४’का निर्माता र निर्देशकले बौद्ध गुम्बाका केही लामा अगुवासँग वार्ता गरेको जनाइएको छ ।

निर्देशक रामबाबु गुरुङले बिहानैदेखि तामाङ समुदायका विभिन्न संघसंस्थासँग छलफल सुरु भएको जनाएका छन् । आफूहरु मेलमिलापतर्फ अघि बढ्ने समेत गुरुङले बताए ।

प्रकाशित मिति: ११:५२ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्