Kathmandu Press

जहाज दुर्घटनामा मृत्यु भएका यात्रुको शव काठमाडौं ल्याइँदै

काठमाडौं, जेठ १७ : तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएको २१ जनामध्ये ११ जनाको शव कामाठाडैं ल्याउन लागिएको छ।पोखराबाट जोमसोम जाँदै गरेको तारा...
जहाज दुर्घटनामा मृत्यु भएका यात्रुको शव काठमाडौं ल्याइँदै

काठमाडौं, जेठ १७ :तारा एअरको जहाज दुर्घटनामा मृत्यु भएका यात्रुको शव कामाठाडैं ल्याउन लागिएको छ।

पोखराबाट जोमसोम जाँदै गरेको तारा एअरको जहाज आइतबार मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो।

जहाज दुर्घटनामा २१ जनाको शव भेटिएको छ। एक जनाको खोजी जारी रहेको छ।

सोमबार भेटिएका २१ जनामध्ये १० जनाको शव नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं ल्याइसकिएको छ। बाँकी शव आज काठमाडौं ल्याइने नेपाली सेनाले जनाएको छ।

सानुसरे पहाडमा संकलन गरिएका ११ मध्ये चार जनाको शव आज बिहानै तल कोबाङ ल्याइएको छ। त्यहाँबाट हेलिकोप्टरमा काठमाडौं ल्याइनेछ।

अन्य शव पनि सानुसरेबाट तल कोबाङ ल्याउने प्रयास भइरहेको जनाइएको छ। अहिलेसम्म वेपत्ता रहेका एक जनाको खोजी भइरहेको छ।

 

प्रकाशित मिति: ०७:३१ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्