Kathmandu Press

काठमाडौंको फोहोर व्यवस्थापन गर्न कार्यदल गठन

काठमाडौं, जेठ १७ : काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ।महानगर कार्यपालिका बैठकले मेयर बालेन्द्र साहको संयोजकत्वमा कार्यदल गठन गरेको...
काठमाडौंको फोहोर व्यवस्थापन गर्न कार्यदल गठन

काठमाडौं, जेठ १७ : काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ।

महानगर कार्यपालिका बैठकले मेयर बालेन्द्र साहको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा उपमेयर सुनिता डंगोल सहित पाँच जना सदस्य रहेका छन्।

कार्यपालिका बैठकले सार्वजनिक शौचालय सञ्चालनमा ल्याउने सम्बन्धमा होटल, रेष्टुराँ र पेट्रोल पम्पसँग पनि सहकार्य गर्ने निर्णय गरिएको छ। सहकार्य गरिने रेष्टुराँ र पेट्रोल पम्ममा कामपाले सङ्केत चिह्न राख्नेछ र ती स्थानका शौचालय सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन्।  

त्यस्तै सडकका खाल्डाखुल्डी पुर्न भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइने भएको छ। तत्काल नगरवासीको गुनासो सम्बोधन गर्नका लागि कल सेन्टरको स्थापना गर्ने निर्णय पनि बैठकले गरेको छ।

सडकका खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्नेजस्ता काम सात दिनभित्र सक्नका लागि दुई भौतिक पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याउने निर्णय गरिएको छ।

प्रकाशित मिति: ०६:४९ बजे, मंगलबार, जेठ १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्