Kathmandu Press

विमान दुर्घटनापछि नेपाली सेनाले यसरी गर्‍यो उद्धार (फोटोफिचर) 

दुर्घटनाको खबर प्राप्त हुनासाथ जोमसोममा तैनाथ श्री नारायणदल गणबाट खोज तथा उद्धार टोली नौरीकोट इलाकातर्फ मुभ भई उक्त टोलीले नौरीकोट, लार्जुङ्ग, कोबाङ्ग र टीटी लेकका सम्भावित इलाकाहरुमा खोजी कार्य गरेको थियो । 
विमान दुर्घटनापछि नेपाली सेनाले यसरी गर्‍यो उद्धार (फोटोफिचर) 

काठमाडौं, जेठ १६ : तारा एयरको विमान दुर्घटनापश्चात सुरक्षा निकायको सक्रियतामा मृतकहरुको उद्धार कार्य भयो । जसमा नेपाली सेनाको सक्रियता पनि महत्वपूर्ण रह्यो । 

पोखराबाट जोमसोमको लागि उडेको तारा एयरलाईन्सको विमान दुर्घटना भएलगत्तै सक्रियता जनाएको सेनाले जनाएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ जोमसोममा तैनाथ श्री नारायणदल गणबाट खोज तथा उद्धार टोली नौरीकोट इलाकातर्फ मुभ भई उक्त टोलीले नौरीकोट, लार्जुङ्ग, कोबाङ्ग र टीटी लेकका सम्भावित इलाकाहरुमा खोजी कार्य गरेको थियो । 

हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको छ भने तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पुर्‍याईसकिएको छ । 

प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भएका ११ वटा शव मंगलबार काठमाडौं ल्याउने योजना रहेको समेत सेनाले जनाएको छ । यस्तै हराईरहेका एकजनाको खोजी कार्य मंगलबार हुने छ ।


तस्बिरहरु : नेपाली सेना 

प्रकाशित मिति: २०:३४ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्