Kathmandu Press

काठमाडौं महानगरले होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने 

काठमाडौं महानगरले होटल, रेष्टुरेन्टको शौचालय सार्वजनिक रुपमा प्रयोग गर्ने 

काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाले रेष्टुरेन्ट, होटल र पेट्रोल पम्पको शौचालय सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने निर्णय गरेको छ ।

महानगरका नवनिर्वाचित जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले ती स्थानका शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्ने व्यवस्था मिलाउने निर्णय गरेको हो । 

 रेष्टुरेन्ट र होटल व्यवसायीसँगको कुराकानीका क्रममा उनीहरुको शौचालयलाई सार्वजनिक शौचालयको रुपमा प्रयोग गर्न सकिनेबारे छलफल भएको भन्दै मेयर बालेन शाहले बैठकमा यस्तो प्रस्ताव गरेका हुन् । 
 

प्रकाशित मिति: २०:०६ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्