Kathmandu Press

विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

तारा एयरले एक विज्ञप्ति जारी गर्दै हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको हो । 
विमान दुर्घटनामा मृत्यु भएका १० जनाको शव काठमाडौं ल्याइयो

काठमाडौं, जेठ १६ : तारा एयरको विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव काठमाडौं ल्याइएको छ । 

तारा एयरले एक विज्ञप्ति जारी गर्दै हालसम्म २२ मध्ये २१ जनाको शव फेला परेको तीमध्ये १० जनाको शव आधार शिविरमा ल्याई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं ल्याइएको जानकारी गराएको हो । 

शवहरु काठमाडौं ल्याइसकेपछि त्रिवि शिक्षण अस्पतालस्थित फरेन्सिक मेडिसिन विभागमा पोस्टमार्टमको लागि लगिने तारा एयरले जनाएको छ । बाँकी ११ वटा शव प्रतिकुल मौसमका कारण आधार शिविरमा ल्याउन कठिन भइरहेको र उद्धार टोलीले एक जनाको शव खोजी गरिरहेको पनि विज्ञप्तिमा उल्लेख छ । 

संकलित शवको पोस्टमार्टम गरिसकेपछि परिवारलाई बुझाइने जनाईएको छ । 

प्रकाशित मिति: १९:१४ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्