Kathmandu Press

फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरले बनायो कार्यदल

काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि महानगरले कार्यदल बनाएको छ । शपथ र पदभार ग्रहणपछि सोमबार बसेको नगरसभाको पहिलो बैठकमा नगर...
फोहोरमैला व्यवस्थापनका लागि काठमाडौं महानगरले बनायो कार्यदल

काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि महानगरले कार्यदल बनाएको छ । 

शपथ र पदभार ग्रहणपछि सोमबार बसेको नगरसभाको पहिलो बैठकमा नगर प्रमुख बालेन शाहको संयोजकत्वमा सात सदस्यीय फोहोरमैला व्यवस्थापन कार्यदल गठन गरिएको हो । नेकपा एमालेको तर्फबाट उपमेयर बनेकी सुनिता डंगोल पनि कार्यदलमा रहेकी छिन् ।

यस्तै कार्यदलमा नेपाली कांग्रेसबाट २ जना र नेकपा एमालेबाट थप एकजना र नेकपा एकीकृत समाजवादीको तर्फबाट एक जना सदस्य रहने बताईएको छ ।

कार्यदलको सदस्य सचिवमा काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव लोकनाथ पौडेल रहेका छन् । 
 

प्रकाशित मिति: १८:५९ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्