Kathmandu Press

बजेटमा आयकर र भन्सार : कुन–कुन क्षेत्रमा कति राहत र छुट ? 

काठमाडौं, जेठ १६ : अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रस्तुत गरेको  बजेटमा केही वस्तु र सेवामा कर छुटको घोषणा गरेका छन्। स्यानेटरी प्याडको आयातमा लाग्दै...
बजेटमा आयकर र भन्सार : कुन–कुन क्षेत्रमा कति राहत र छुट ? 

काठमाडौं, जेठ १६ : अर्थमन्त्री जनार्दन शर्माले आइतवार प्रस्तुत गरेको  बजेटमा केही वस्तु र सेवामा कर छुटको घोषणा गरेका छन्। स्यानेटरी प्याडको आयातमा लाग्दै आएको भन्सार महसुलमा ९० प्रतिशत छुट दिने घोषणासँगै अब स्वदेशमा नै स्यानेटरी प्याड उत्पादन गर्ने उद्योग खोल्न समेत प्ररित गरिएको छ । सो उद्योग खोल्न आवश्यक पर्ने कच्चा पदार्थको आयातमा १ प्रतिशत मात्र भन्सार शुल्क लिने भनिएको छ। 

कृषि सहकारीले कृषिजन्य उत्पादन ढुवानी गर्न खरिद गर्ने एक थान ढुवानी साधनको आयातमा लाग्ने भन्सार महसुलमा ५० प्रतिशत छुट प्रदान गरिन बजेटमा उल्लेख छ।  

चारपाङ्ग्रे सवारीसाधन उत्पादन वा एसेम्बल गर्ने उद्योग स्थापना गरेमा सवारीसाधन उत्पादनका लागि चाहिने पाटपुर्जा वा कच्चा पदार्थको आयातमा उद्योग विभागको सिफारिस अनुरुप ५० प्रतिशत अन्तःशुल्क छुट दिइने छ । भन्सार महसुलमा समेत २५ प्रतिशत छुट दिने व्यवस्था गरिएको छ । 
कोभिड–१९ महामारीबाट प्रभावित साना व्यवसायीलाई वार्षिक ३० लाख रुपैयाँसम्म कारोबार गर्ने करदातालाई ७५ प्रतिशत आयकर छुटको घोषणा छ । अब बार्षिक ३० लाखदेखि एक करोड रुपैयाँसम्मको कारोबार भएका करदाताले ५० प्रतिशत आयकर छुट पाउने छन् । 

होटल, ट्राभल, ट्रेकिङ, चलचित्र ब्यवसाय जस्ता पर्यटन क्षेत्रका उद्योगको व्यवसायिक करयोग्य आयमा ५० प्रतिशत कर छुट पाउने भएका छन् । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा रहेका जिल्लामा सय भन्दा बढिलाई रोजगारी प्रदान गर्ने गरी विशेष उद्योग स्थापना गरेमा यस्ता उद्योगले कारोबार सुरु गरेको मितिले १५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट हुने व्यवस्था मिलाइएको छ ।

कृषि उत्पादनको ढुवानी तथा बजारीकरणमा सहयोग पु¥याउन स्थानीय तहलाई पनि कर छुटको व्यवस्था गरिएको छ । एकवटा कृषि एम्बुलेन्स वा ढुवानी साधन खरिद गरेमा उक्त साधनको पैठारीमा लाग्ने भन्सार महसुल पूर्णरूपमा छुट हुने छ । कृषि सहकारीले कृषिजन्य उत्पादन ढुवानी गर्न खरिद गर्ने एक थान ढुवानी साधनको आयातमा लाग्ने भन्सार महसुलमासमेत ५० प्रतिशत छुट प्रदान गर्ने घोषणासमेत बजेटमा छ ।

बजेटमा आयकरको सीमालाई बढाएर व्यक्तिगत तर्फ ५ लाख र दम्पत्तितर्फ आयकर सीमा ६ लाख रुपैयाँ पु¥याइएको छ । अव १ प्रतिशतमात्रै सामाजिक सुरक्षा सम्बन्धि कर तिरे हुने व्यवस्था बजेटले गरेको छ । साहित्यिक लेख वा रचनाको रोयल्टी स्वरुप प्राप्त हुने लेखस्वमा १.५ प्रतिशत मात्र अग्रिम कर कट्टी हुने प्रबन्ध मिलाइएको छ।

यता कृषि औजार कारखाना नेपालमा नै खोल्न प्रोत्साहन गर्न यस्तो उद्योग स्थापना गरेमा कारोबार सञ्चालन भएको मितिले ५ बर्षसम्म आयकर पूर्ण रुपमा छुट दिइने छ । यस्तै सामुदायिक वा सार्वजनिक विद्यालयले खरिद गर्ने विद्यालय बसका लागि बढीमा दुई वटाको आयातमा लाग्ने भन्सार महसुलमा ७५ प्रतिशत छुट हुने छ । 

बिलासिताका सामानहरुको आयातलाई निरुत्साहित गर्न भन्सार महसुल, अन्तःशुल्क लगायतका पैठारीमा लाग्ने करको दरमा बजेटमार्फत बढोत्तरी गरिएको छ । हाल वियर उत्पादन गर्ने प्रतिष्ठानमा मात्र ‘फ्लोमिटर’ को व्यवस्था रहेकोमा कर छली रोक्न अबदेखि बजेट अनुसार वाइन तथा मदिरा उत्पादन गर्ने प्रतिष्ठानमा समेत ‘फ्लोमिटर’ जडान गर्नु पर्ने छ । नेपाली नागरिकलाई राहदानी नविकरण, कन्सुलर सेवा तथा श्रम स्वीकृति नविकरण वापत लाग्ने शुल्क वा दस्तुरमा ५० प्रतिशत छुट दिने व्यवस्थासमेत गरिएको छ ।

विद्युतीय रिक्सा र विद्युतीय मोटरसाईकल वा स्कुटर उत्पादन गर्ने उद्योगले प्रयोग गर्ने कच्चा पदार्थ र पाटपूर्जामा १ प्रतिशत मात्र भन्सार महसुल लाग्ने व्यवस्थासमेत बजेटले गरेको छ । 

 
 

प्रकाशित मिति: १८:४३ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्