Kathmandu Press

उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस विजयी 

काठमाडौं, जेठ १६ : उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । त्रियुगामा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत १३,९५९ मत ल्याएर प्रमुखमा निर्वाचित...
उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस विजयी 

काठमाडौं, जेठ १६ : उदयपुरको त्रियुगा नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । त्रियुगामा नेपाली कांग्रेसका वसन्तकुमार बस्नेत १३,९५९ मत ल्याएर प्रमुखमा निर्वाचित भए । 

उनले एमालेका भागवत राउतलाई २,०८६ मतान्तरले पराजित गरे । राउतले ११ हजार ८७३ मत ल्याएका छन् । यस्तै उपप्रमुखमा नेकपा (एमाले)की महेश्वरी राई निर्वाचित भइन् । उनी १३ हजार ७०३ मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी सरिता राई ११ हजार ९८१ मत ल्याएर पराजित भइन् । 

वडा नम्बर १२ को विवादका कारण ढिला मत गणना सुरु भएको थियो । यो सँगै कांग्रेसले जितेका स्थानीय तहको संख्या ३२९ पुगेको छ । एमालेले २०५ स्थानीय तहमा जित हासिँल गर्दा तेस्रोमा रहेको नेकपा (माओवादी केन्द्र)ले १२१ स्थानीय तहमा जित निकालेको हो । 

प्रकाशित मिति: १८:३१ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्