काठमाडौं महानगरमा मेयर र प्रधानसेनापतिबीच भेटवार्ता
काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।...काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित नगर प्रमुख बालेन्द्र शाह र नेपाली सेनाका प्रधान सेनापति महारथी प्रभुराम शर्माबीच भेटवार्ता भएको छ ।
जंगी अड्डामा भएको भेटमा प्रधानसेनापति शर्माको नवनिर्वाचित नगर प्रमुख शाहलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए ।
यस्ता भेटघाटले नेपाली सेना र काठमाडौं महानगरपालिकाबीच विगतदेखि रहँदै आएको आपसी सम्बन्ध तथा सद्भाव थप प्रगाढ हुने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।
प्रकाशित मिति: १८:१० बजे, सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











