Kathmandu Press

यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय 

काठमाडौं, जेठ १६ : मन्त्रिपरिषद् बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको  जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृती दिएको छ। सोमबार मन्त्रिपरिषद् बैठकका...
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय 

काठमाडौं, जेठ १६ : मन्त्रिपरिषद् बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेतमा रहेको  जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृती दिएको छ। सोमबार मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै अर्थमन्त्री तथा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सो बताएका हुन्। यस्ता छन् अन्य निर्णय ः 


१. जेठ १८ देखि १९ सम्म आयोजना हुने ग्लोबल समिट–२०२२ , टर्निङ द टाइट अन चाइल्ड सेक्सुअल अब्युज अनलाई कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सलोनी सिंहलाई सहभागी हुन स्वीकृत प्रदान गरिने।

२. नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई दिन स्वीकृत गर्ने। 

३. गणतन्त्र दिवस–२०७९ को अवसरमा उपमाकान्त पराजुली समेत १६ जना व्यक्तिहरुको सजाय माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने।

४. नेपाली सेनाका प्रधानसेनापति महारथी प्रभुराम शर्मा नेतृत्वको भ्रमण दललाई दललाई युनिफिल, लेबनान र यूएनडफ सिरिया तथा मित्रराष्ट्र संयुक्त राज्य अमेरिकामा भ्रमण जान स्वीकृत दिने, नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारी समितिको सदस्यमा प्रकाशबहादुर श्रेष्ठलाई मनोनयन गर्ने । 

५. सुरक्षण मुद्रण विकास समिति गठन तेस्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेललाई पदावधि एक पटकको लागि थप गर्ने


६. परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा पदाधिकार रहेका प्रमुख कन्सल्टेण्ट अब्स्ट्रेटिक्स एण्ड गाइकोलोजिस्ट डा। जागेश्वर शर्मा गौतमले दिएको राजीनामा स्वीकृत गर्ने ।
 

प्रकाशित मिति: १६:२८ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्