Kathmandu Press

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलको पदावधि थप गर्ने सरकारको निर्णय 

काठमाडौं, जेठ १६ : सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णय गरेको छ ।  मन्त्रीपरिषद्का निर्णय सार्वजनिक...
सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक पौडेलको पदावधि थप गर्ने सरकारको निर्णय 

काठमाडौं, जेठ १६ : सरकारले सुरक्षण मुद्रण केन्द्रको कार्यकारी निर्देशक विकल पौडेलको पदावधि एकपटकका लागि थप गर्ने निर्णय गरेको छ ।  

मन्त्रीपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सुरक्षण मुद्रण विकास समिति गठन तेश्रो संशोधन आदेश २०७९ को दफा ६ को उपदफा ३ क बमोजिम एक पटकका लागि पदावधि थप गर्ने निर्णय भएको जानकारी दिए। 

बैठकले नेपाल बैंक लिमिटेडको स्वामित्वमा सुर्खेत जिल्लामा रहेको जग्गा नेपाल राष्ट्र बैंकलाई लिजमा दिन स्वीकृति दिने निर्णय गरेको छ भने सेनाका प्रधानसेनापति प्रभुराम शर्मा नेतृत्वको  भ्रमण दललाई लेवनान, सिरिया, अमेरिका लगाएतका देशमा भ्रमणमा जान स्वीकृति दिने निर्णय गरको प्रवक्ता कार्कीले जानकारी दिए। बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको कार्यकारीसदस्यमा प्रकाश बहादुर श्रेष्ठलाई मनोनयन गर्ने निर्णय गरेको उनले बताए। 

बैठकले लोकसेवा आयोगको सिफारिस बमोजिम निजामति सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको पदमा नियुक्ती तथा पदस्थापन गर्ने निर्णय गरेको प्रवक्ता कार्कीले जानकारी दिए। 

प्रकाशित मिति: १६:०३ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्