Kathmandu Press

एकीकृत समाजवादीको निष्कर्ष : समाजवादको लक्ष्यमा पुग्न बजेटको कार्यान्वयन आवश्यक 

काठमाडौं, जेठ १६ : नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले...
एकीकृत समाजवादीको निष्कर्ष : समाजवादको लक्ष्यमा पुग्न बजेटको कार्यान्वयन आवश्यक 

काठमाडौं, जेठ १६ : नेकपा एकीकृत समाजवादीले समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको छ । 

सिंहदरबारमा सोमबार बसेको एकीकृत समाजवादीको संसदीय दलको बैठकले बजेटमा कतिपय राम्रा कुरा आएको भन्दै समाजवादको लक्ष्यमा पुग्नेगरि बजेटको कार्यान्वयन गर्नुपर्ने निष्कर्ष निकालेको समाजवादीका सम्मानीत नेता झलनाथ खनालले जानकारी दिए।

उनले बजेटमा देखिएका कमीकमजोरीलाई हटाएर समृद्ध बनाउनुपर्ने निष्कर्ष रहेको बताए। 

आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९ ÷०८० का लागि बजेट सार्वजनिक गरेको थियो।  

प्रकाशित मिति: १५:३१ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्