आफूमाथि लगाइएको झुठा आरोपको छानविन गर्न माग गर्दै गणेश थापाले बुझाए एन्फामा पत्र
काठमाडाैं, जेठ १६ : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लगाइएका झुठा आरोपहरुको सत्यतथ्य छानविन गर्न माग गर्दै एन्फाको अनुशासन...
काठमाडाैं, जेठ १६ : अखिल नेपाल फुटबल संघ (एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले आफूमाथि लगाइएका झुठा आरोपहरुको सत्यतथ्य छानविन गर्न माग गर्दै एन्फाको अनुशासन कमिटीान निवेदन दिएका छन्।
पूर्वअध्यक्ष थापाले सोमबार एन्फाको अनुशासन कमिटीलाई निवेदन दिएका हुन्। निर्दोष आफ्नो चरित्रहत्या गर्ने उदेश्यले अध्यक्ष कर्मा छिरिङ शेर्पाले झुठा र काल्पनिक आरोप लगाएको भन्दै त्यसको सत्यतथ्य छानविनको माग गर्दै थापाले निवेदन अनुशासन समितिमा निवेदन दिएका हुन्।
उनले आफूमाथि लगाइएका झुठा आरोपहरुको सत्यतथ्य र वास्तविकता आम खेलकुद प्रेमीमाझ ल्याउन माग गरेका छन्। उनले आफ्नो परिवारले जस्तो नियति भोग्नु पर्यो, त्यो अरु कसैले भोग्न नपरोस भननका लागि पनि आफूले सत्यतथ्य छानविन गर्न निवेदन दिएको बताएका छन्।
यसअघि थापाले आफूमाथि चरित्रहत्या गर्ने उद्देश्यले लगाइएका झुठा आरोपको सत्यतथ्य छानविन गर्न माग गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङलाई निवेदन दिएका थिए।











