Kathmandu Press

बालेनको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता 

काठमाडौंको फोहोरको असर सिसडोलबासीले व्यहोर्नुपरेको बताउँदै मेयर शाहले फोहोरको उचित व्यवस्थापन नभएसम्म र सिसडोलबासी स्वच्छ वातावरणमा बाच्ने अवस्था नभएसम्म खुसी नमनाउने बताए। 
बालेनको पहिलो निर्णय : नगरसभाको बैठक लाइभ, फोहोर व्यवस्थापनलाई पहिलो प्राथमिकता 
तस्बिर : सुजल बज्राचार्य

काठमाडौं, जेठ १६ : काठमाडौं महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोलले पदभार ग्रहण गरेका छन् । सोमबार राष्ट्रिय सभागृहमा शपथ लिएपछि मेयर र उपमेयरले महानगरपालिकाको कार्यलय पुगेर पदभार ग्रहण गरेका हुन्।

पदभार ग्रहण गर्दै महानगरकी उपमेयर सुनिता डंगाेल। तस्बिर : सुजल बज्राचार्य / काठमाडाैं प्रेस

पदभार ग्रहणलगत्तै मेयर शाहले नगरसभाको बैठकको प्रत्यक्ष प्रसारण गरिने घोषणा गरेका छन् । नगरसभाको बैठक आजै अपराह्न ४ बजे बस्दै छ । सो बैठकको प्रत्यक्ष प्रसारण गरिने मेयर शाहले बताएका छन्। 

उनले काठमाडौंको फोहोर व्यवस्थापन नभएसम्म खादा माला नलगाउने समेत बताएका छन् । काठमाडौंको फोहोरको असर सिसडोलबासीले व्यहोर्नुपरेको बताउँदै मेयर शाहले फोहोरको उचित व्यवस्थापन नभएसम्म र सिसडोलबासी स्वच्छ वातावरणमा बाच्ने अवस्था नभएसम्म खुसी नमनाउने बताए। 

उनले फोहोर व्यवस्थापनको कार्यलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताए। 
 

प्रकाशित मिति: १३:३१ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्