Kathmandu Press

तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो, सनाखत हुन बाँकी 

त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको  जानकारी दिएका छन् । उनले शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको बताए। 
तारा एयरको विमान दुर्घटना : १४ जनाको शव भेटियो, सनाखत हुन बाँकी 

काठमाडौं, जेठ १६ : तारा एयरको विमान दुर्घटनास्थलमा १४ जनाको शव भेटिएको छ । विमानमा सवार २२ मध्य ८ जना भने अझै वेपत्ता रहेको बताइएको छ। बेपत्ताको खोजीकार्य जारी छ। 

त्रिभुवन विमानस्थल नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता टेकनाथ सिटौलाले २२ मध्ये १४ जना यात्रुको शव संकलन भएको  जानकारी दिएका छन् । उनले शव भेटिएकामध्ये केहीको चिनिने अवस्था र केहीको भने क्षतविक्षत अवस्थामा शव भेटिएको बताए। 

आइतबार सम्पर्कविहीन भएको विमान सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका–२ मा भेटिएको थियो।  स्थानीयले खबर गरेपछि नेपाली सेना र प्रहरीको टोली घटनास्थल पुगेको थियो । 

अहिले शव संकलन गरिरहेको नेपाली सेनाको प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन्। दुर्घटनामा परी मृत्यु भएकाहरूको शव सिधै काठमाडौं ल्याइने छ ।

शव संकलन र खोजी कार्यका लागि थप उद्दार टोलीसहितको हेलिकोप्टर पठाइएको भएपनि प्रतिकुल मौसमका कारण उद्दार टोली लिएर गएको डाइनास्टी र कैलाश एयरको हेलिकोप्टर डाइभर्ट भएका छन् । मौसम अनुकुल हुनासाथ हेलिकप्टरबाट थप उद्दार टोली पठाइने बताइएको छ। 

प्रकाशित मिति: ११:५८ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्