Kathmandu Press

दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज

पोखराबाट जोमसोम जाँदा हराएको तारा एअजरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज

काठमाडौं, जेठ १६: पोखराबाट जोमसोम जाँदा हराएको तारा एअजरको जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ।

आज बिहानै खोजबिनमा गएको नेपाली सेनाको टोलीले दुर्घटनाग्रस्त अवस्थामा जहाज भेटेको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिएका छन्।

उनका अनुसार मुस्ताङको थासाङ गाउँपालिका–२ स्थित पटके लेक सानोसोरामा जहाज दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

आइतबार बिहान ९ः५५ बजे पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान १०ः०७ बजेबाट सम्पर्कविहीन भएको छ। खराब मौसमका कारण आइतबार हेलिकोप्टबार खोजी गर्न सकिएको थिएन।

आज बिहानै नेपाली सेनाको टोली पैदल दुर्घटनास्थल पुगेको हो। जहाजमा चार जना भारतीय, दुई जना जर्मन र १३ नेपाली यात्रु रहेका थिए। त्यस्तै, तीन जना चालक दलका सदस्य रहेका थिए।

 

प्रकाशित मिति: ०७:४६ बजे, सोमबार, जेठ १६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्