बृद्धभत्ता नलिने भट्टराईको घोषणा
काठमाडौं, जेठ १५ : पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन् ।आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा...
काठमाडौं, जेठ १५ : पूर्व प्रधानमन्त्री एवं जसपाका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराईले बृद्धभत्ता नलिने घोषणा गरेका छन् ।
आइतबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै भट्टराईले बृद्धभत्ता लिने उमेर ६८ वर्ष कायम गरेकोमा असन्तुष्टि जनाउँदै बृद्धभत्ता लिएर जनतामा ऋण थप्न आफू सहमत हुन नसक्ने बताएका हुन् ।
सरकारले बृद्धभत्ता नलिनेलाई सम्मान गर्ने बजेटमा घोषणा गरेको थियो । त्यस्तै उहांले सरकारले प्रस्तुत गरेको बजेट मध्यमस्तरको भएको भन्दै बजेटलाई ५ नम्बर दिने बताए । त्यस्तै उनले बजेट आर्थिक विकासको प्रस्थान विन्दु बन्न सक्ने जस्तो नलागेको जिकिर पनि गरे । वैज्ञानिक भूमिसुधार कार्यक्रम नआएकाले परिणात्मक फड्को मार्न नसकिने उनको भनाई छ ।
त्यस्तै एमाले नेता खगराज अधिकारीले बजेटमा विश्वसनियता नरहेको र कार्यान्वयन गर्न नल्याएको तर्क गरे । बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसकेको उनको भनाई छ । बजेटमार्फत स्वास्थ्य वीमा प्राइभेट कम्पनीलाई दिएर जनस्वास्थ्यमाथि गम्भीर खेलबाड गरेको उनले बताए ।











