कर्मचारीको तलब १५ प्रतिशतले बढेपछि कसको कति पुग्यो ?
काठमाडौं, जेठ १५ : सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढेसँगै मुख्यसचिवको तलब ७७ हजार २११ पुगेको छ ।मुख्यसचिवको अहिलेको तलब ६७ हजार १४०...
काठमाडौं, जेठ १५ : सरकारले कर्मचारीको तलब १५ प्रतिशतले बढेसँगै मुख्यसचिवको तलब ७७ हजार २११ पुगेको छ ।
मुख्यसचिवको अहिलेको तलब ६७ हजार १४० रुपैयाँ रहेको थियो । त्यसैगरी यसअघि ६२ हजार ६ सय ८० रहेको सचिवको तलब ९ हजार ४०२ बढेर ७२ हजार ८२ पुगेको छ ।
यस्तै ४९ हजार ३ सय ८० रहेको सहसचिवको तलब ७ हजार ४०७ रुपैयाँ बढेर ५६ हजार ७ सय ८७ पुग्दा ४२ हजार ३ सय ८० रुपैयाँ रहेको उपसचिवको तलब ६ हजार ३५७ बढेर ४८ हजार ७ सय ३७ पुर्याईएको छ ।
३७ हजार ९ सय ९० रहेको शाखा अधिकृत सरहको तलब ५ हजार ६९९ बढेर ४३ हजार ६ सय ८९ पुग्दा ३०२०० रहेको नायब सुब्बाको तलब ४ हजार ५३० ले वढेर ३४ हजार ७ सय ३० पुगेको हो ।
२८ हजार ६ सय १० रहेको खरदारको तलब ४ हजार २९२ ले बढेर ३२ हजार ९ सय २ पुगेको छ ।
प्रकाशित मिति: १९:३० बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











