Kathmandu Press

सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

त्यसका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड संकलन गर्ने लक्ष्य लिएको छ । २ खर्ब ५६ आन्तरिक ऋण र  ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिइने छ ।
सरकारले ल्यायो १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट

काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गरेका हुन्। 

अर्थमन्त्री शर्माका अनुसार आगामी आवमा चालु खर्च ७ खर्ब ५३ अर्ब ४० करोड, पुँजीगत खर्च ३ खर्ब ८० अर्ब ३८ करोड वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब विनियोजन भएको छ। त्यस्तै स्थानीय तह हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड विनियोजन गरिएको छ। 

त्यसका लागि राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड संकलन गर्ने लक्ष्य लिएको छ ।त्यस्तै २ खर्ब ५६ आन्तरिक ऋण र  ५५ अर्ब ४६ करोड वैदेशिक अनुदान लिइने बताएका छन् । त्यसपछि बाँकी स्रोत पूर्तिका लागि २ खर्ब ४२ अर्ब २६ करोड रुपैयाँ वैदेशिक ऋण लिइने अर्थमन्त्री शर्माले जानकारी दिए ।


 

प्रकाशित मिति: १९:०१ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्