Kathmandu Press

सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्वि गरेको छ ।
सरकारी कर्मचारीको तलब १५ प्रतिशतले बढ्यो

काठमाडौं, जेठ १५ : सरकारले सरकारी कर्मचारीको तलब १५ प्रतिशतले वृद्वि गरेको छ । 

आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्य मार्फत अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र सेवक कर्मचारीको तलब साउन एक गतेदेखि लागु हुने गरी मासिक १५ प्रतिशत रुपैयाँले तलब बढाउने घोषणा गरेका हुन् ।

Hardik ivf

यो सँगै अब निजामती कर्मचारी, सेना, प्रहरी शिक्षक, स्वास्थ्यकर्मी लगायत सरकारकी कर्मचारीको तलब १५ प्रतिशतले बढेको छ । 

यस्तै कर्मचारीलाई यसअघि दिईदै आएको महंगी भत्ता पनि निरन्तरता दिने निर्णय गरेको छ ।  

प्रकाशित मिति: १८:३२ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्