Kathmandu Press

म्यादी प्रहरीलाई खुसीको खबर, सरकारले उद्यमी वा जागिरको अवसर दिने 

काठमाडौं, जेठ १५ : सरकारले म्यादी प्रहरीलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार बनाउने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० बजेट...
म्यादी प्रहरीलाई खुसीको खबर, सरकारले उद्यमी वा जागिरको अवसर दिने 

काठमाडौं, जेठ १५ : सरकारले म्यादी प्रहरीलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार बनाउने भएको छ । 

अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/०८० बजेट सार्वजनिक गर्दै म्यादी प्रहरीमा आबद्ध भएर देशलाई योगदान पुर्‍याउनेहरुलाई लक्षित गरि उद्यमशीलता र स्वरोजगार योजना ल्याइएको हो । यसअनुसार म्यादी प्रहरीमा काम गरेकाहरुलाई उनीहरुको रोजाई र क्षमताअनुसार उद्यम र रोजगारमा लगाइने उल्लेख छ ।

उद्यममा लाग्नेहरुलाई उनीहरुको चाहनाअनुसारको क्षेत्रमा उद्यम गर्न सघाइनेछ भने रोजगार गर्न चाहनेहरुलाई सिप र क्षमताअनुसार बिभिन्न क्षेत्रमा रोजगारको व्यवस्था गरिने मन्त्री शर्माले बताए । 

सरकारले निर्वाचनको सुरक्षाका लागि म्यादी प्रहरीमा भर्ना लिने गरेको छ । 

प्रकाशित मिति: १८:१९ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्