अनलाइनले पनि लोककल्याणकारी विज्ञापन पाउने
काठमाडौं, जेठ १५ : अब अनलाइन न्युज पोर्टनहरुले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन्। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन...
काठमाडौं, जेठ १५ : अब अनलाइन न्युज पोर्टनहरुले पनि लोककल्याणकारी विज्ञापन पाउने भएका छन्। आइतबार संसदमा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले अनलाइन सञ्चार माध्यमहरुलाई पनि लोककल्याणकारी विज्ञापन दिइने बताए ।
यसअघि पत्रपत्रिकाहरुले मात्र लोककल्याणकारी विज्ञापन पाउँदै आएका थिए।
यस्तै, सरकारले अनलाइन टेलिभिजनको नियमन कार्यलाई अघि बढाइने घोषणा पनि गरेको छ। यस्तै स्थानीय तहसम्म ब्रोडब्याण्ड इन्टरनेट सेवा पुर्याइने, इन्टरनेट सेवा सर्वसलुभ बनाउन इन्टरनेट शुल्क घटाइने तथा राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गरिने घोषणा पनि सरकारले बजेटमार्फत गरेको छ।
प्रकाशित मिति: १८:०८ बजे, आइतबार, जेठ १५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार











