Kathmandu Press

उर्जा मन्त्रालयलाई ७५ अर्ब बजेट, ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

यस वर्ष सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन अर्थमन्त्रीले बताए।
उर्जा मन्त्रालयलाई ७५ अर्ब बजेट, ७१५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिने

काठमाडौँ,  जेठ १५ :  आगामी आर्थिक वर्षमा उर्जा मन्त्रालयले ७५ अर्ब ५६ करोड बजेट पाउने भएको छ । आइतबार संसदमा बजेट प्रस्तुत गदै अर्थमन्त्री जनार्दन शर्माले सो जानकारी दिएका हुन्। 

स्थानीय तहले विद्युतीय उत्पादनमा लगानी गरेमा लगानीको २५ प्रतिशत लगानी प्रदेश सरकारले सहयोग गर्ने उनले बताए । त्यस्तै विद्युतय सवारी साधानका लागि ५० स्थानमा चाजिङ स्टेसन थप गरिने भएको छ। 

यस वर्ष सात सय १५ मेगावाट विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिन अर्थमन्त्रीले बताए। त्यस्तै एलपिजी ग्यासलाई विस्थापन गरी विद्युतीय भान्साको व्यवस्थामा प्रोत्साहन गरिने भएको छ। यस वर्ष करिब  एक लाख घर घुरीमा प्रदान गरिने योजना छ। 

यस बाहेक, उर्जातर्फका जलशाय निर्माणदेखि विद्युत उत्पादनमा विभिन्न आर्कषक योजना प्रस्तुत  बजेटले प्रस्ताव गरेको छ ।
 

प्रकाशित मिति: १८:०३ बजे, आइतबार, जेठ १५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्